१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु


247
Shares

काठमाडौं । कैलालीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

टिकापुर नगरपालिकाका तनविर अन्सारीका १८ महिने छोरा हारिसको सोमबार मृत्यु भएको हो ।

सोही ठाउँमा पार्किङ गरिराखेको सु.प.प्र.०१–००२ त ६४८४ नम्बरको ट्याक्टर सडकमा निकाल्न क्रममा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको टिकापुर अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।