
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ समकक्षी सी चिनफिङले बधाई दिनुभएको छ ।
सन् १९५५ देखि दुई देशबीचको सम्बन्धले ठूला तथा साना देशमा स्वस्थ र स्थिर विकास कायम राख्ने, शान्तिपूर्ण सहअस्तित्व, मित्रता र आपसी सहयोगको उदाहरण बनाएको भन्दै राष्ट्रपति चिनफिङले पौडेललाई बधाई दिएको काठमाडौंस्थित चिनियाँ राजदूतावासले जनाएको छ ।
दुई देशबीचको परम्परागत मित्रता अघि बढाउन राष्ट्रपति पौडेलसँग काम गर्न आफूहरू इच्छुक रहेको पनि चिनफिङको भनाइ छ ।
आपसी राजनीतिक विश्वास सुदृढ गर्ने, उच्च गुणस्तरको बेल्ट एन्ड रोड परियोजना अघि बढाउने, सांस्कृतिक र जनस्तरको सम्बन्ध विस्तार गर्ने, विकास र समृद्धिका लागि रणनीतिक साझेदारीलाई निरन्तर प्रवर्द्धन गर्ने पनि सीको विश्वास छ ।
पौडेल गत फागुन २५ गते राष्ट्रपति निर्वाचित हुनुभएको थियो । उहाँले सोमबार राष्ट्रपति भवन शितलनिवासमा शपथग्रहण गरेर पदभार सम्हाल्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्