१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिंचाईको अभावमा फलफूल खेती जोखिममा


208
Shares

डडेल्धुरा । सिंचाईको अभावमा डडेल्धुराका किसानले गरेको फलफूल खेती जोखिममा पर्दै गएको छ । सुन्तला, जुनार, कागती, किवी लगायतका फलफूल खेती जोखिममा पर्ने अवस्था आएको हो ।

सुन्तला, मौसमी, अमिलो, कागती, किवी लगायतका अमिलो जातको फलफूलहरुका लागि प्रसिद्ध जिल्लाको भागेश्वर गाउँपालिका वडा नं. ४ चौड खाल्टाका जुनार (मौसमी) किसानको बारीमा सिंचाई अभाव भए पछि नयाँ पुस्ताको फलफूल खेतीलाई जोगाउन समस्या भएको किसान बताउँछन ।

हिउँदे मौसममा पाईने सुन्तला, मौसमी, अमिलो, कागती, लगायतका किवी फलफूलहरुलाई स्वस्थ र पर्याप्त उत्पादन गर्न बोटको उत्पादकत्व बढाउने गरि चौड गाउँमा सिंचाईको योजनाका लागि सरकारसँग माग राखेका छन ।

कृषि ज्ञान केन्द्र डडेल्धुराले फलफूलका बोटहरु काटछाँट र टिप्ने हाते औजार तथा औषधि छर्किने प्रबिधि उपलब्ध गराए पनि सिंचाईको भरपर्दो ब्यवस्था नहुँदा यस क्षेत्रका किसानहरु समस्यामा परेका हुन ।

सिंचाइृको दिगो पूर्बाधार नहुँदा किसानहरुले फलफूल तथा तरकारी खेतीमा सामान्य सिंचाईका लागि स्वलगानीमा स्प्रिंकलको प्रयोग, प्लाष्टिक पोखरी निर्माण तथा फूटस्प्रेबाट फलफूलका बोट सिंचाई गर्नु पर्ने बाध्यता रहि आएको कृषक प्रेमनाथ योगीले बताउनुभयो ।

यस क्षेत्रको मौसमी, सुन्तला फलफूलहरुले जिल्ला सदरमुकामका बिभिन्न बजार हुँदै सुदूरपश्चिमका पहाडी तथा तराईका बिभिन्न स्थानमा निर्यात गरि स्थानीय किसानहरुले वर्षौं देखि व्यवसायिक रुपमा खेती गरि वार्षिक लाखौं रकम आम्दानी गर्दै आएका छन् ।