
अर्घाखाँची । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा अर्घाखाँचीमा प्रभातफेरी निकालिएको छ ।
उपभोक्तामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभातफेरी निकालिएको हो ।
उपभोक्ताको अधिकार, हामी सबैको सरोकार, बासी सडेगलेका झिंगा भन्केका खाद्य पदार्थ उपभोग नगरौं जस्ता जनचेतनामूलक नारा लेखिएका प्लेकार्डसहित प्रभातफेरीको कार्यक्रम सन्धिखर्कमा गरिएको हो ।
प्रभातफेरी पछि गरिएको कार्यक्रममा बौल्दै प्रमुख जिल्ला अधिकारी मिना अर्यालले सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्न सबैमा आग्रह गर्नुभयो । यस्तै, बजार अनुगमनलाई थप प्रभावकारी तरिकाले अगाडी बढाउने कार्यलाई कुनै कमी हुन नदिने प्रजिअ अर्यालले बताउनुभयो ।
विगतको तुलानामा भन्दा यस वर्ष बजार अनुगमन गर्दा नाप, तौल, गुणस्तर मूल्य सुचीमा सुधार आएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख सन्तोष खनालले बताउनुभयो । यस्तै, अब विद्यालय क्षेत्र र दुर्गम बस्तीमा पनि अनुगमनको कार्यलाई अगाडि बढाउने बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय,घरेलु तथा साना उद्योग कार्यालय,सन्धिखर्क नगरपालिका र उद्योग वाणिज्य संघ अर्घाखाँचीको संयुक्त आयोजनामा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्