
काठमाडौं । राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने निर्णय गरेको छ ।
पार्टीको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपराष्ट्रपति चुनावमा मतदान नगर्ने, तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
चैत ३ गते उपराष्ट्रपति निर्वाचन हुँदै छ । सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपतिका लागि उम्मेदवार छन् ।
राप्रपाले गत फागुन २५ मा पनि राष्ट्रपति चुनावमा तटस्थ बस्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्