१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उपराष्ट्रपति निर्वाचनकाे बारेमा निर्णय गर्न रास्वपाले बोलायो बैठक


208
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपति पदकाे निर्वाचनकाे बारेमा निर्णय गर्न शुक्रबारका लागि बैठक बोलाएको छ ।

रास्वपाले शुक्रबार बिहान साढे ११ बजेका लागि पार्टी पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको हो । शुक्रबार बस्ने बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कसलाई मत दिने भन्ने बारेमा निर्णय गर्ने रास्वपाका एक नेताले बताए ।

उपराष्ट्रपतिको निर्वाचन यहि चैत ३ शुक्रबार हुने भएकाे छ । अहिलेसम्म रास्वपाले कसलाई मत दिने भन्ने बारेमा निर्णय गरेको छैन ।

गत फागुन २५ गते भएकाे राष्ट्रपति निर्वाचनमा रास्वपाले सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिएकाे थियाे ।