१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालले युएईको दुई विकेट झार्‍यो


2.236k
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग –टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा घरेलु टोली नेपाल र पाहुना टोली संयुक्त अरव इमिरेट्स (युएई) बीचको खेल जारी छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व बिद्यालयको क्रिकेट मैदानमा भइरहेको खेलमा युएईले दुई विकेट गुमाएको छ । नेपालका ललित राजबंशीले आर्यन लाक्रालाई ६ रनमा बोल्ड आउट गरे भने सन्दीप लामिछानेले युएईका ब्याट्सम्यान कप्तान मोहम्मद वसिमलाई आउट गराएका छन् ।

नेपाली खेलाडीलाई हौसला दिन प्रधमानमन्त्री दाहाल पनि कीर्तिपुर पुग्नुभएको छ ।