७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सिन्धुलीमा गाँजा कारोबारी र प्रहरीबीच झडप, एक राउण्ड हवाई फायर


377
Shares

सिन्धुली । सिन्धुलीमा गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार पक्राउ पर्नेमा हिरहरपुरगढी ८ का ३३ वर्षीय देवकुमार स्याङ्तान र हरिवन नगरपालिका २ सर्लाहीका २३ वर्षीय प्रल्हादकुमार थोकर छन् ।

जिल्लाको हरिहरपुरगढी गाउँपालिका ७ भुताहास्थित क्यानखोलाबाट ७६ किलो गाँजा, मोटसाइकलसहित उनीहरु पक्राउ परेका हुन् ।

मोटरसाइकलमा बोरामा प्याक गरेर निकासी गर्न लागेको गाँजा नियन्त्रणमा लिनेक्रममा तस्करले प्रहरीलाई ढुंगामुडा गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो ।

विशेष सूचनाको आधारमा गाँजा कारोबारीलाई पक्राउ गरिएको सिन्धुली प्रहरीले जनाएको छ ।