
काठमाडौं । अन्तरव्यवस्थापिका संघ (आईपीयु)को १४६ औँ महासभामा सहभागी भई सभामुख देवराज घिमिरे बिहीबार स्वदेश फर्किनुभएको छ ।
उहाँ बिहीबार साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किनुभएको हो । उहाँसँगै नेपालबाट गएको ९ सदस्यीय प्रतिनिधि मण्डल पनि स्वदेश फर्किएको छ । स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले महासभामा नेपालबाट ठूला मुलुकले साना मुलुकलाई हेप्ने र पक्षपात गर्ने कुराहरुमा विशेष जोड दिएको बताउनुभयो ।
उहाँले जातीय, वर्गीय कुराहरुलाई नयाँं ढंगबाट लैजाने कुरामा आफूहरुले आवाज उठाएको बताउनुभयो । उहाँले नेपालको असंलग्न परराष्ट्रनीतिका बारेमा पनि जानकारी गराएको बताउनुभयो । उहाँले महासभामा अस्ट्रेलियाका सभामुखसँग दुई देशबीचको सम्बन्धका बारेमा विशेष छलफल भएको बताउनुभयो । उहाँले साथै बहराइनका सभामुखसँग पनि आफ्नो भेट भएको र भेटमा दुई देशबीचको सम्बन्धका बारेमा छलफल गरेको बताउनुभयो ।
सभामुख घिमिरेले सरकारले विश्वासको मत लिनु सामान्य कुरा रहेको बताउनुभयो । त्यस्तै, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले महासभामा शान्तिपूर्ण सहअस्तित्व र समाज समावेशी गर्ने विषयलाई बढावा दिने कुरा आफूले उठाएको बताउनुभयो ।
उहाँले महासभामा जलवायु परिवर्तनसम्बन्धी मुद्दालाई पनि विशेष रुपमा उठाएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्