२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पर्वतको ओढारेमा बस दुर्घटना हुँदा ५ जना घाइते


910
Shares

पर्वत । पर्वतको कुश्मा नगरपालिका-८ ओढारेमा बिहीबार राति भएको बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

कुश्माबजारबाट डिमुवा जाँदै गरेको र पोखराबाट कुश्मातर्फ आउँदै गरेका दुई वटा बस एक-आपसमा ठोक्किदा दुर्घटना भएकाे हाे । कुश्माबाट डिमुवा जाँदै गरेको ग १ ख ८४८६ नम्बरको बस र पोखराबाट कुश्मा आउँदै गरेको ध १ ख ८५ एक-आपसमा ठोक्किदा ५ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

५ जना घाइते मध्ये १ जनाको अवस्था गम्भीर भएकाले उपचारका लागि पोखरा मणिपाल अस्पतालमा रिफर गरिएको प्रहरीले बताएकाे छ । बाँकी ४ जना घाइतेको उपचार भने पर्वत अस्पतालमा भइरहेको छ । गम्भीर घाइते ग १ ख ८४८६ बसका चालक मोदी २ पातिचौर बस्ने ४० वर्षीय टेकबहादुर क्षेत्री रहेका छन् । क्षेत्रीलाई उपचारका लागि पोखरा रिफर गरिएको हाे ।

यसैगरी अन्य घाइतेहरुमा मोदी –२ घर भएका सह चालक ४१ वर्षीय अमृत नेपाली, कुश्मा- ६ का २० वर्षीय सञ्जोग मगर, कुश्मा-८ का २८ वर्षीय कुलबहादुर बिक र कुश्मा-८ का २७ वर्षीय विशाल दर्जी रहेका छन् ।

घाइते ४ जनाको पर्वत अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।