१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चलचित्र ज्याकी आइएम २१ को ‘कथा’ गीत सार्वजनिक


312
Shares

काठमाडौं । नेपाली चलचित्र ज्याकी आइएम २१ को गीत कथा सार्वजनिक भएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो ।

गीतमा त्रिशला गुरुङ र रोहित शाक्यको स्वर छ भने किरण थापको संगीत रहेको छ । चलचित्रमा भने धिरज मगर र जसितासँगै अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजा भुजू, सुजाता राई, सूर्यमान लिम्बू, विकास जोशी, रिजोन परियार, सुशान्त गौतम र नारायणदेवी प्रधान र प्रदीप लामा लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्र बैशाख २१ गतेदेखि देशभर प्रदर्शन हुने छ ।