७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु हुँदैन : राष्ट्रपति पौडेल


351
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्ननहुने बताउनुभएको छ ।

आईसीसी लिग टु मा तेस्रो स्थान प्रप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार शीतलनिवासमा बोलाएर बधाई दिँदै राष्ट्रपति पौडेलले सरकारले खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु नहुने बताउनुभएको हो ।

उहाँले नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरबलाई बढाएको बताउनुभयो । उहाँले नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको भन्दै देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

राष्ट्रपति पौडेलले खेलाडीहरुको मनोबल बढाउन सरकार लाग्नुपर्ने बताउनुभयो ।