
म्याग्दी । म्याग्दीको धार्मिकस्थल गलेश्वर धामबाट गत शुक्रबार रातिदेखि एक भारतीय तीर्थयात्री सिरिसा मोरला वेपत्ता भएकी छन् ।
मुस्ताङको मुक्तिनाथ दर्शन गरी फर्किएकी भारतको आन्द्रा प्रदेशकी मोरला गलेश्वर धाम शिवालय मन्दिर क्षेत्रबाट वेपत्ता भएकी हुन् । तीन दिनदेखि वेपत्ता मोरलाको बारेमा आइतबार रातिसम्म कुनै जानकारी प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिनुभयाे ।
मुक्तिनाथ मन्दिरको दर्शन गरी आएको टोलीसँगै गलेश्वर मन्दिरसम्म आइपुगे पनि एक्कासी सम्पर्क विहीन भएको वेपत्ता तीर्थयात्री मोरलाको टोलीका सदस्यहरुले जानकारी दिएको उहाँले बताउनुभयाे । सम्पर्क विहीन भएकी मोरलाको खोजी कार्य तीब्र पारिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्