
सिन्धुली । सिन्धुलीकाे घ्याङलेख गाउँपालिका–१ मा आगलागी हुँदा पशुचौपायाहरू जलेर नष्ट भएका छन् ।
साेही गाउँपालिका–१ काे पटमासका मानबहादुर लोको गोठमा आगलागी हुँदा १० ओटा बाख्रा, ५ वटा खसी र ५ वटा पाठापाठी जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको हाे ।
उक्त पशुचौपाया जल्दा करिब २ लाख ५० हजार मूल्य बराबरको क्षति पुगेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्