
कैलाली । विदेशी टोली जर्जियनलाई पराजत गर्दै शनिबार नेपाल पुलिस क्लब छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेकाे छ ।
प्रतियोगिताको तेस्रो दिन भएको खेलमा पुलिसले दार्जिलिङको जर्जियन एफसीलाई ३–० गोल अन्तरले पेनाल्टी सुटआउटमा पराजित गरेको हो । धनगढी रंगशालामा शनिबार भएको खेलमा पुलिसका मनोज राईको आत्मघाती गोलमा विदेशी टोलीले आठौं मिनेटमा अग्रता लिएको हाे ।
लिसका भोला सिलवालले ४२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियाे । पुलिसका भोला सिलवाल, पृथ्वी चौधरी र सुमन सुवेदीको पेनाल्टी सफल भएकाे हाे ।
विदेशी टोलीका प्रवेश रोय, प्रणय मुखिया र सोनम लेप्चाको प्रहार असफल भयो । पुलिसले सेमिफाइनल प्रवेशका लागि यहि चैत १४ गते आयोजक सुदूरपश्चिम–११ सँग प्रतिष्पर्धा गर्ने भएकाे छ । आइतबार क्वाटरफाइनलको खेलमा फ्रेन्ड्स क्लब र थ्री स्टारबीच प्रतिष्पर्धा हुने भएकाे छ ।
मोफसलको सर्वाधिक पुरस्कार राशिको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।
आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिता १८ गतेसम्म संचालन हुने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्