६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


‘एक हप्ता भित्र सरकारले पुर्णता पाउँछ’


247
Shares

कैलाली । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको गठबन्धनले मुर्त रुप लिएको बताउनु भएकाे छ ।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले अबको एक साता भित्र मन्त्रिपरिषद्ले पुर्णता पाउँने दावी गर्नुभयाे ।

नेकपा एमालेसहितको गठबन्धनका बेला सरकार कुन दिशामा अगाडि बढ्ने अन्यौल भएका कारण सरकारमा सहभागी नभएको बताउँदै यादवले अब जसपा पनि सरकारमा सहभागी हुने बताउनुभयाे । एक साताभित्र मन्त्रिपरिषद् विस्तार हुने दाबी गर्दै यादवले सबैको सल्लाह बमोजिम मन्त्रीको सिफारिश गर्ने जानकारी दिनुभयाे ।

जनता समाजवादी पार्टी पनि कम्युनिस्ट आन्दोलनबाटै आएको बताउँदै यादवले अहिले कम्युनिस्ट त्यागेर समाजवाद तर्फ उन्मुख भएको दावी गर्नुभयाे ।

अब जनता समाजवादी पार्टी समाजवादतर्फ मात्रै केन्द्रित भएका कारण नेकपा एकिकृत समाजवादीले पनि नेकपा छोडेर एकिकृत समाजवादी मात्रै रोजे एकता हुने उहाँको भनाइ थियो ।

नेता कार्यक्रताहरुका बिच अन्य सबै तालमेल मिले पनि कम्युनिस्ट छोड्ने विषयमा नेकपा एकिकृत समाजवादीले निर्णय लिन नसकेका कारण एकता रोकिएको उहाँको भनाइ छ ।

यादवले बारा क्षेत्र २ बाट उप निर्वाचन लड्ने बारे छलफल भइरहेको बताउनुभयाे । चुनावलाई फुटबल गेमको संज्ञा दिँदै उनले एक पटक गोल नभए अर्को पटक प्रयास गर्नुपर्ने बताउनु भएकाे थियाे । गठबन्धन र पार्टीको निर्णयपछि आधिकारिक रुपमा आफू उमेदवार बन्ने घोषणा गर्ने उहाँले बताउनुभयाे ।