२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पत्रकारले आफूमाथिका प्रश्न स्वीकार्न सक्नुपर्छ : अध्यक्ष पोख्रेल


104
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रमा धेरै प्रश्न उठ्ने गरेको भन्दै सबै पत्रकारहरु सजग हुन जरुरी रहेको बताउनुभएको छ ।

आइतबार आयोजित आजको पत्रकारिता, अबको पत्रकारिता विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले यस्तो बताउनुभएको हो ।

उहाँले पत्रकारितामाथि विश्वसनियताको खोजि गरिरहेको बताउनुभयो । उहाँले पत्रकारहरुले आफूमाथि उठेका प्रश्नहरु स्वीकार्न सक्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारहरुले आफूले प्रश्न स्वीकार्न नसके अरुलाई प्रश्न सोध्ने अधिकार पनि नभएको बताउनुभयो । उहाँले आफूमाथि उठेका प्रश्नहरु स्वीकारेर सच्चिन सक्नुपर्ने बताउनुभयो ।

अध्यक्ष पोख्रलेलले आफ्ना समाचारहरु विश्वसनिय हुनुपर्ने कुरामा हरेक सञ्चारमाध्यमहरुले जोड दिनुपर्ने बताउनुभयो ।