१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रियाविरुद्ध : मन्त्री शर्मा


325
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रिया विरुद्धको कुरा भएको बताउनुभएको छ ।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयकप्रति असहमत हुनु शान्ति प्रक्रिया विरुद्धको कुरा भएको बताउनुभएको हो ।

उहाँले शान्ति प्रक्रियालाई मन नपराउने र शान्ति प्रक्रियालाई बेठिक ठान्नेहरुले यसको विरोध गरेको बताउनुभयो । उहाँले यो विधेयक विगतमा शान्ति सम्झौता गर्नेहरु सबैको साझा विषय भएको बताउनुभयो । उहाँले यो विषय सबै नागरिक र सबै पार्टीहरुको पनि विषय भएको उल्लेख गर्नुभयो ।

उहाँले विधेयकको सम्बन्धमा राजनीतिक दलहरुका बीचमा सहमति जुटाउने अधिकतम कोशिस हुने बताउनुभयो ।