
पाल्पा । पाल्पामा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–८ कोहलका ७० वर्षीय रणबहादुर रेश्मी घर नजिकै मृत अवस्थामा फेला परेका हुन् । आइतबार खानेपानीको पाइप बनाउन भनेर घरबाट निस्किएका रेश्मी अबेरसम्म पनि घर नफर्किएपछि आफन्तहरुले खोजी गरेका थिए ।
उनीहरूले खोजी गर्ने क्रममा घर नजिकैको भल्टेखानी गैरामा रेश्मीलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रेश्मीलाई मृत अवस्थामा देखेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। खबर पाए लगत्तै प्रहरी चौकी बल्डेङगढी र जिल्लाबाट गएको प्रहरी अनुसन्धान अधिकृतसहितको टोलीले घटनाको प्रारम्भिक अनुुसन्धान गरेकाे थियाे ।
अनुुसन्धान गर्दा माथिबाट ढुुंगा खसेर रेश्मीलाई लागेर मृत्युु भएको हुुनसक्ने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुुभयो । उहाँका अनुसार मृतकको शवलाई पोष्टमार्टका लागि प्रादेशिक अस्पताल बुुटवल पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्