१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


हिमालयन शेर्पा क्लब सेमिफइनलमा प्रवेश

आज चर्च ब्वाइज र एपिएफबीच प्रतिस्पर्धा हुने

130
Shares

बारा । हिमालयन शेर्पा क्लब सिमरामा जारी १३ औं जगदम्बा जीतपुर सिमरा गोल्डकपको सेमिफइनलमा प्रवेश गरेको छ ।

‘ए’ डिभिजन डर्बीमा सातदोबाटो युथ क्लबलाई पराजित गर्दै साेमबार साँझ भएकाे खेलमा हिमालयन शेर्पा क्लब सेमिफइनलमा प्रवेश गरेको हाे । पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा चालू सिजनको ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा रहेको सातदोबाटो सिमरा रङगशालामा पहिलो सहभागितामा नै निराश बन्न पुगेकाे हाे ।

पहिलो हाफको ३५ औं मिनेटमा सातदोबाटोका कप्तान सुदिप गुरुङले टिमलाई अग्रता दिलाएका थिए ।हिमालयन शेर्पाका डिफेण्डर म्यानु अलनानाको गल्तीको फाइदा उठाउँदै सातदोबाटोका कप्तान सुदिपले बललाई सहजै गोल पोष्टको दिशा दिएका थिए । सातदोबाटोका पासाङ लामाले गरेको प्रहार नानाले अनटाइम क्लिएर गर्न नसक्दा त्यसको फाइदा सुदिपले लिएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा हिमालयन शेर्पाका सुशील राईले बराबरी गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए । विश्वास श्रेष्ठको क्रस बल सातदोबाटोका डिफेण्डर करण रावतले क्लिएर गर्न नसक्दा त्यसको फाइदा हिमालयन शेर्पाले लियो ।

करणले हेडरमार्फत क्लिएर गर्न नसकेको बल खोस्दै हिमालयनका अफ्रिकी खेलाडी अवायोमीले सुशीललाई डिबक्सभित्र सटिक पास उपलब्ध गराएका थिए । प्रतियोगिताको दाेस्रो संस्करणमा उपाधि जितेको हिमालयन शेर्पाले अब फाइनल प्रवेशका लागि बुधबार हुने पहिलो सेमिफाइनलमा मोफसलको टिम मकवानपुर ११ सँग प्रतिस्पर्धा गर्ने भएकाे छ ।

खेलको म्यान अफदि म्याच हिमालयन शेर्पाका अफ्रिकी खेलाडी अवायोमी घोषित भएका छन् । उनले १० हजार नगदसहित ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिता अन्तर्गत मंगलबार अन्तिम क्वाटर फाइनलमा ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाईटेडले विभागीय टिम एपिएफ क्लबको सामना गर्ने भएकाे छ ।