
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा पर्ने हिमालको फेदी खोप्रालेकमा पर्यटकको चहलपहल बढ्न थालेको छ ।
गत असोज महिनादेखि खोप्रा लेख पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको हो । तलतिरका वन र टाढा टाढाका मनमोहन पहाडी भूगोलसँगै दजनौं हिमश्रृंखला देखिने खोप्राले पछिल्लो समय पर्यटकलाई लोभ्याइरहेको छ ।
‘पहाडको परी’ को रुपमा परिचय बनाउदै गरेको खोप्रा लेकमा पछिल्लो समय पर्यटकको निकै चहलपहल बढेको छ । एकै ठाउँबाट मनास्लु, माछापुच्छे, साउद अन्नपूर्ण, निलगिरी, धौलागिरी,गुर्जा, बहरि शिखर र दुन्चेपिङ जस्ता दर्जनौँ हिम श्रृंखलाको अवलोकन गर्न पाउने भएपछि खोप्रालेकमा पर्यटकको आगमन बढेको हो ।
मृग, घोरल र डाँफे लगायत जंगली जनावर र पंक्षीहरुको अवलोकन गर्न समेत खोप्रा लेकमा पाइन्छ । हिमालको फेदीमा पालिने चौरीको दृश्यले समेत पर्यटकको मन जितेको छ । म्याग्दीका बजारमा समेत राम्रोसँग इन्टरनेटको सुविधा छैन ।
तर समुद्री सतहदेखि ३ हजार ६ सय ६० मिटर उचाईमा पुग्दा पर्यटकको मन जित्ने गरेको छ । पर्यटकको संख्यामा वृद्धि हुर्दै गएकाले खोप्रा लेकमा एउटा मात्र सामुदायिक लजमा बास बस्न नपुग्ने भएपछि पर्यटकलाई टेन्टमा भएपनि बासको व्यवस्थापन मिलाउने गरेको खोप्रा सामुदायिक लजका प्रबन्धक नविन पुनले बताउनुभयाे ।
हिमश्रृंखला मात्र नभई खोप्रा लेक प्राकृतिक, जैविक र भौगोलिक रुपमा पनी मनमोहक मानिन्छ । पहाडको टुप्पोमा अवस्थित खोप्रा लेकबाट म्याग्दी, पर्वत र कास्कीका पहाडहरुका बस्ती समेत देख्न सकिन्छ ।
जिल्ला सदरमुकामदेखि ३ घण्टा सवारी साधन र पाउद्धारदेखि ५ घण्टा पैदलमार्ग हुँदै खोप्रा पुग्न सकिन्छ । पैदलमार्ग हुँदै खोप्रा लेकमा आउँदा दु:खको महशुस भएपनl खोप्राबाट बिहानिपख देखिने हिमश्रृंखलाले मन लोभ्याउने पर्यटकहरू बताउछन् ।
प्रतिक्रिया दिनुहोस्