
तेह्रथुम । छथर जोरपाटी गाउँपालिका धनकुटा आयोजित छथर तारा एकल बाल नृत्य प्रतियोगिताको उपाधि छथर जोरपाटी गाउँपालिका–६ की ईसु राईले जितेकी थिइन् ।
१४ वर्षकी १० कक्षामा अध्ययनरत राईले १२ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि उचालेकी हुन । उपाधि उचालेसँगै उनले रू. ५० हजार नगद, कप मेडल र प्रमाण पत्र प्राप्त गरिन् ।
त्यस्तै, प्रतियोगितामा छथर जोरपाटी–६ कै स्मीना राई दोश्रो भइन् । उनले नगद रु.२० हजार, कप मेडल र प्रमाणपत्र प्राप्त गरिन् । यस्तै, छथर जोरपाटी गाउँपालिका–३ का सुम्निमा लिम्बु तेश्रो भइन् । तेश्रो भएसँगै उनले नगद रू.१० हजार, कप मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
त्यस्तै वडा नं. २ की ७ वर्षकी मिरा गुरुङले सान्तवना पुरस्कार जितिन् । गुरुङले नगद रू.५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
गाउँपालिकामा लुकेर रहेका बालप्रतिभाहरूको पहिचान तथा लुकेर रहेका प्रतिभाहरूलाई प्रोत्साहन तथा उर्जा दिने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष छत्र सुब्बाले बताउनुभयो ।
प्रतियोगीले लोक लयमा आधारित नृत्य, शास्त्रीय लयमा आधारित नृत्य र आधुनिक लयमा आधारित नृत्यहरु प्रस्तुत गरेका थिए ।
गाउँपालिकाको सहयोगमा महिला तथा बालबालिका शाखाको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्