३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


प्रमुख प्रशासकिय अधिकृत र प्रदेश सचिवहरुको सरुवा/बढुवा संघबाट नै हुनुपर्छ : अध्यक्ष पोखरेल


442
Shares

अर्घाखाँची । नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पोखरेलले पालिका प्रमुख प्रशासकिय अधिकृत र प्रदेश सचिवहरुको सरुवा/बढुवा संघबाट नै हुनुपर्ने बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँची शाखाले नरपानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो नभएमा आन्दोलनको कार्यक्रम समेत घोषणा गर्ने बताउनुभएको हो ।

उहाँले युनियनका संगठनहरुको पहिलो प्राथामिकता कर्मचारीका हक हितमा काम गर्ने भएको बताउनुभयो ।

कर्मचारीको हकहितका लागि गठन भएका आधिकारिक ट्रेड यूनियनले पार्टीका विचारमा लाग्दा कर्मचारीको हक हितमा केही समस्या हुँदै आएको अध्यक्ष पोखरेलको भनाइ छ ।