२ बैशाख २०८२, मंगलबार | Wed Apr 16 2025


हिडने गोरेटो र सामान बोक्ने ठेलामा कर


429
Shares

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाभित्र सामान्य गोरेटोको प्रयोग र ठेला चलाए बापत कर तिर्नु पर्ने भएको छ ।
उपमहानगरको राजश्वमहाशाखाले जारी गरेको सूचनामा गोरेटोको प्रयोग र ठेला चलाउनेले समेत कर बुझाउन पर्ने गरी सुचना प्रकाशित गरेको छ ।

सुचना जारी गरे लगतै उप—प्रमुख तथा राजश्व परामर्श समितिका संयोजक भोला अधिकारीमाथि प्रश्न गर्दै विरोध सुरु भएको छ। सामान्य परार्मशबिनै सामान्य श्रमिकलाई समेत आन्तरिक श्रोत भन्दै कर असुल्न खोजेको भन्दै मजदुर संघ संघठनले आपति जनाएको छन्।

उपमहानगरमा सञ्चालन रहेको एक दर्जन बढी सामान बोक्ने ठेलामध्ये जीतपुरमा ११ र सिमरामा ५ बटा सञ्चालनमा रहेका छन् भने ७ स्थानमा मोटरसाइकल चलाउन मिल्ने सामान्य गोरेटो प्रकृतिका बाटो रहेको उपमहानगरको आन्तरिक अध्ययनले देखाएको छ ।

करको दायरा बढाएपछि नगरबासीमा कर विवाद बढेकाे छ । साेही क्रममा उपमहानगरको राजश्व परार्मश समितिका संयोजक तथा उप प्रमुख भोला अधिकारीले आफूले तिरेको कर आफ्नै समाज विकासमा खर्च हुने कुरा आम जनताले बुझन नसकेको बताउनुभयो ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरीलाल पुरीले गोरेटो, ठेला लगायतका कर बारे आफुलाई जानकारी नै नभएको बताए ।

त्यस्तै नगर उधोग बाणिज्य संघका अध्यक्ष मोहन शर्माले उपमहानगरको सबै शीर्षकका कर अवैज्ञानिक रहेकोले नसच्याए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

गाउँघरका गोरेटोमा स्कुटर हाँक्न पनि अतिरिक्त (पटके सवारी कर) कायम गर्दै सहायक सडक मर्मत तथा सडक उपयोग शुल्क कर उपमहानगरले लागू गरेको छ । रिक्सा र ठेलाचालकदेखि ठूला ट्रकहरुसँग ३ हजार पाँच सय रुपैयाँ कर तोकेको छ।

उपमहानगरको गत चैत्र २० गते सम्पन्न नगरसभाले उपमहानगरको क्षेत्राधिकार पर्ने सहायक सडकमा ‘सहायक सडक मर्मत तथा सडक उपयोग शुल्क (पटके सवारी कर) संकलन गर्ने निर्णय गरे बमोजिम राजश्वमहाशाखाले आइतबार सूचना निकालेर सवारीधनीलाई कर बुझाउन अनुरोध गरेको हो ।