१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्व. बुद्धराज–सयकी सेनेहाङ स्मृति फुटबलको उपाधि आयोजक सेतोले चुम्यो


247
Shares

तेह्रथुम । स्व. बुद्धराज–सयकी सेनेहाङ स्मृति खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजक नवजागरुक युवा क्लव म्याङलुङ सेतोले जितेको छ ।

प्रतियोगिताको फाइनल खेलमा कुसाङ युवा क्लब लालीगुराँस नगरपालिका सुङनामलाई ०–५ गोलको अन्तरले पराजित गर्दै आयोजक सेतो उपाधि जितेको हो ।

उपाधिसँगै आयोजकले नगद रू. ५१ हजार, कप, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यस्तै, उपविजेता बनेको कुसाङले नगद रू. ३१ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा चौतारी युवा क्लव तेश्रो भएको छ । चौतारीले नगद रू. १५ हजार कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

विजयी टिमहरुलाई म्याङलुङ नगरपालिकाका नगर प्रमुख सन्जय तुम्बाहाम्फेले पुरस्कार प्रदान गर्नु भएको थियो ।

प्रतियोगितामा १६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । नवजागरुक युवा क्लव म्याङलुङ नगरपालिका–५ को आयोजना तथा वडा कार्यालयको सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो ।