१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


पर्वतमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते


715
Shares

काठमाडौं । पर्वतको महाशिला गाउँपालिकामा सोमबार राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जीप चालक महाशिला–४ धनुवासका ३७ वर्षीय ख्यामबहादुर विक रहेको प्रहरीले जनाएको छ ।

सदरमुकाम कुश्माबजारबाट महाशिलातर्फ जाँदै गरेको ग २ च ६९० नम्बरको जीप महाशिला–५ काहुलेमा दुर्घटना हुँदा गम्भीर घाइते भएका विकको उपचारका लागि गण्डकी अस्पताल पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइतेको लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।