२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सिन्धुलीका होटल तथा रिसोर्टमा पर्यटककाे भीड


195
Shares

सिन्धुली । सिन्धुलीका अधिकांश होटल तथा रिसोर्टहरुमा नयाँ वर्षकाे अवसरमा आन्तरिक पर्यटकहरुको भीड लागेको छ ।

सिन्धुलीको वीपी राजमार्ग आसपासमा रहेका होटल तथा रिसोर्टहरुमा पहिल्यै बुकिङ गरेर पर्यटकहरु आएका हुन् । नयाँ वर्षको अवसरमा रिसोर्ट तथा होटलहरु सबै भन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक सिन्धुली भित्रिएका छन् ।

सुनकोशी नदी किनार र वीपी राजमार्गको आसपासमा रहेका होटल तथा रिसोर्टहरुमा काठमाडौं लगायतका स्थानहरुबाट आएका पाहुनाले यति बेला होटल तथा रिसोर्ट भरिएका छन् । सिन्धुलीको वीपी राजमार्ग, सुनकोशी नदी आसपासमा र्याफ्टिङ र बोटिङको आनन्द लिनका लागि समेत पर्यटकहरु आएका छन् ।

जिल्लाका खनियाखर्क, सिन्धुलीमाडी र म्लकोटमा रहेका होटल तथा रिसोर्टहरु नयाँ वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटकहरुले भरिभराउ भएकाे देखिएकाे छ ।