
web pic
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ ।
अन्दाजी ३७ वर्षीय बासुदेव जोशीको हत्या भएको अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।
उनको घरनजिकै हत्या गरिएको अवस्थामा शव फेला परेको हो । उनको धारिलो हतियार प्रहार गरि हत्या गरिएको जनाइएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्