
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको हत्यामा संलग्न भएकाे आरोपमा साेमबार राति दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा साेही ठाउँका २४ वर्षीय महेन्द्र विष्ट र २८ वर्षीय धनमती भण्डारी भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताउनुभएकाे हाे ।
मृतक जोशीका दाजु पुष्पराज जोशीले कर्तव्य ज्यान सम्बन्धी मुद्दामा विष्ट र भण्डारीविरुद्ध किटानी जाहेरी दिनु भएकाे थियाे । त्यस पश्चात उनीहरूलाई प्रकाउ गरिएको हो ।
जोशीको गत शनिबार राति धारिलो हतियार प्रयोग गरि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।विष्टले चक्कु प्रहार गरेर जोशीकाे हत्या गरेको खुलेकाे प्रहरी नायव उपरीक्षकशाहीले बताउनुभयाे ।
घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शाहीले बताउनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्