१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्याग्दीमा मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु


1.508k
Shares

म्याग्दी । म्याग्दीमा मंगलबार साँझ मोटरसाइकलको ठक्करबाट एक चितुवाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा साँझ ७ बजे बागलुङबाट आउँदै गरेको सुशिल खत्रीको बा ८ प ४०७२ नम्बरको मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको हो ।

सडकमा गुडिरहेको मोटरसाइकलमा सडक पार गर्दै गरेको चितुवा एक्कासी ठोक्किए पछि घटनास्थलमा नै मृत्यु भएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । वन कार्यालयका अनुसार मोटरसाइकलको अघिल्लो भागमा चितुवाको टाउको ठोक्किएको थियो ।

करिब ४० केजीको चितुवाको उमेर २ वर्ष अनुमान गरिएको वन कार्यालयका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो ।

प्रमुख रानाभाटका अनुसार मृत चितुवाको बुधबार मुचुल्का तयार गरी व्यवस्थापन गरिँदै छ । उक्त घटनामा मोटरसाइकल चालक भने सुरक्षित नै रहेको प्रहरीले जनाएको छ ।