
अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका बिहीबार आगलागी भएको छ ।
आगलागीबाट दुई वटा घर र एउटा गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको हाे । आगलागीबाट पाणिनी गाउँपालिका-८ का स्थानीय डिल कुमारी बिक र लिलापति बिकको दुई वटा घर र एउटा वटा गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्याल अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।

आगलागीबाट करिब २० लाख बराबरको क्षति भएको उहाँले बताउनुभयो । जंगलमा लागेको आगो बस्तीमा पुग्दा आगलागी भएको उहाँले बताउनुभयाे । ३ वटै सुरक्षा निकाय र स्थानीय लगायतको सहकार्यमा आगो नियन्त्रणमा आएको प्रहरी नायव उपरीक्षक रिजालले जानकारी दिनुभयो ।

त्यस्तै, प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष मिना अर्यालले आगलागी पीडितलाई तत्काल राहत स्वरुप १५ हजारकाका दरले नगद हस्तान्तरण गर्ने बताउनुभयाे । आगलागीबाट भएकाे क्षतिको थप विवरण प्राप्त भएपछि नियमानुसार उचित राहत उपलब्ध गराउने र सहजीकरण गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्