६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


रूखले किचेर घटना स्थलमै एक महिलाकाे मृत्यु


5.148k
Shares

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका-१० की कल्पना बिकको रुखले किचेर घटना स्थलमै मृत्यु भएको छ ।

शुक्रबार बेलुका आएको हावाहुरीले रुख ढल्दा उनको रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको हाे । चैनपुर नगरपालिका-१० खराङ बजार बस्ने वर्ष २४ की बिक घर नजिकै धारामा पानी लिन जाँदै गर्दा एक्कासी उत्तिसको रुख लडेर किचेको प्रहरी कार्यालय संखुवासभा प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले बताउनुभयो ।

बिकको घाटी र टाउकोमा उत्तिसको रुखले किचेको र घटना स्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । मृतक बिकको शनिबार पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।