१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तेह्रथुमको म्याङलुङमा दलित महिलालाई सिलाई कटाई तालिम


312
Shares

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिकामा दलित महिलाईहरुलाई दुई महिने सिलाई कटाई सम्बन्धी तालिम सुरु भएको छ ।

म्याङलुङ नगरपालिकाकी उपप्रमुख जमुनादेवी सुवेदी कार्कीले बुधबार तालिकम कार्यक्रमकाे उद्घाटन गर्नु भएको हाे । कार्यक्रमकाे उद्घाटन गर्दै उपप्रमुख कार्कीले तालिमलाई तालिमको रुपमा मात्रै नलिई व्यवहारमा लागू गर्न सके जिउने आधार बन्ने बताउनुभयो । नगरपालिकाका १० वटै वडाका १/१ जना गरी १० जना दलित महिलाहरुको सहभागिता रहेको घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुमकी लिलामाया तामाङले बताउनुभयो ।

तालिममा सिलाई कटाई सम्बन्धी आधारभूत सिपहरु कपडा कटाई, नाप, सटपेन्ट, कुर्ता-सुरुवाल र सट -फ्रग लगायतको सिप प्रदान गरिने कार्यालयका प्रमुख प्रदीप सापकोटाले जानकारी दिनुभयो । म्याङलुङ नगरपालिका-१ काे घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुमको तालिम हलमा सञ्चालन सुरु भएको उक्त तालिममा रमेश दर्जीले प्रशिक्षण दिनुभएको छ ।

तालिम घरेलु तथ साना उद्योग कार्यालय तेह्रथुमको आयोजनामा सुरु गरिएकाे हाे ।