१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रहरी प्रशासनलाई गरिब, दुःखी र श्रमजीवि वर्गको हितमा काम गर्न गृहमन्त्री श्रेष्ठकाे निर्देशन


689
Shares

सर्लाही । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रशासनलाई गरिब, दुःखी र श्रमजीवि वर्गको हितमा काम गर्न निर्देशन दिनुभएको छ ।

सर्लाहीको बागमती नगरपालिका ११ मा निर्मित नमूना प्रहरी बस्तीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले प्रहरी प्रशासनलाई गरिब, दुःखी, श्रमिक, किसान, दलित, जनजाति, महिला र पिछडिएको क्षेत्रका नागरिकको हितमा काम गर्न निर्देशन दिनुभयो ।

उहाँले न्यायको लागि जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमा पुगेका कुनै पनि निमुखा नागरिक न्यायबाट बञ्चित भए सिकायत गर्न पनि आग्रह गर्नुभयो । मन्त्री श्रेष्ठले मिटरव्याज पीडितलाई न्याय दिलाउन गृह मन्त्रालयले कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

मिटर व्याज पीडितलाई न्याय दिलाउन जनकपुरमा मधेश प्रदेश स्तरीय मिटर व्याज जाँचबुझ कार्यालयको उद्घाटन गर्न लागिएको उहाँले बताउनुभयो । गृहमन्त्री श्रेष्ठले मधेश प्रदेशमा क्रियाशील प्रहरी प्रमुखहरुसँग जनकपुर छलफल र अन्तक्रिया गरिने पनि बताउनुभयो ।

मिटरव्याजीको पक्षमा आफ्नो पार्टी माओवादी केन्द्रका कुनै पनि नेता कार्यकर्ता लागेको पाइए जतिसुकै ठूलो र पहुँचवाला नेता भएपनि कारबाही गरिने चेतावनी गृहमन्त्री श्रेष्ठले दिनुभयो ।

मन्त्री श्रेष्ठले सर्लाही जिल्ला मिटरव्याजी विरोधी आन्दोलनको अगुवा जिल्ला भएको बताउनुभयो ।