२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सिन्धुलीमा महिला अटो चालकहरू सम्मानित


299
Shares

सिन्धुली । १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सिन्धुलीका १६ जना अटो चालक महिला सम्मानित भएका छन् ।

पेसागत महासंघ नेपाल जिल्ला समिति सिन्धुलीले सामेबार एक विशेष कार्यक्रमको आयोजना गरी अटो चालक महिलाहरूलाई सम्मान गरेको हो ।

पेसागत महासंघ नेपालका महासचिव केदार देवकोटाले जनही पाँच सयसहित सम्मानपत्रले सम्मान गरेका थिए ।

सम्मानित हुने अटो व्यवसायीको तर्फबाट सरिता सुनुवारले यस सम्मानले महिलाहरूलाई थप जिम्मेवार बनाएको र भोलिका दिनमा अझ अगाडी बढ्ने प्रेरणा मिलेको बताउनुभयो ।

कार्यक्रम पेसागत महासंघ नेपाल जिल्ला समितिका अध्यक्ष बबिन्द्रलाल माझीको अध्यक्षतामा सम्पन्न भएको थियो ।