
कैलाली । सरकारले प्रदेश सभालाई आवश्यक बिजनेस नदिँदा जनताको आवाज बोल्ने थलो सुदूरपश्चिम प्रदेश सभा ठप्प छ। जनताका आवाज मुखरित हुने सार्वभौम प्रदेश सभा करिब २ महिनादेखि ठप्प भएको हो।
फागुन २१ गते मुल्यमन्त्रीले विश्वासको मत प्राप्त गरेपछि अर्को बैठक बस्न सकेको छैन्। त्यसयता स्थगित सुदूरपश्चिम सभाको अर्को बैठक कहिले बस्ने टुंगो छैन।
सुदूरपश्चिम प्रदेशसभा बैठक बस्न नसक्दा प्रदेश सभाका विषयगत समितिहरूको गठनसमेत हुन सकेको छैन। सरकारले बिजनेस नदिँदा प्रदेश सभाको बैठक बस्न नसकेको हो। विधेयक अधिवेशन भनेर चिनिने हिउँदे अधिवेशनमा धेरै विधेयक पारित हनुपर्ने हो। तर बैठक कहिले बस्ने कुनै टुंगो छैन्। प्रदेशसभा बैठकका लागी कुनै बिजनेश नभएको सचिवालयले जनाएको छ ।
प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएयता आठ वटा बैठक मात्र बसेका छन् । पुस १५ गते नवनिर्वाचित सांसदहरूको शपथ भएको थियो। १८ गते पहिलो बैठक बसेको थियो।पहिलो बैठकमा सांसदहरूको शुभकामना आदानप्रदानको कार्यसूची मात्रै राखिएको थियो। त्यसपछि तेस्रो बैठक पुस २८ गते सभामुख चयनका लागि निर्वाचन गर्ने उद्देश्यले राखिएको थियो। ठूलो दलका हैसियतले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएपछि प्रदेशसभाको बैठक अनिश्चित बनेको छ। मुख्यमन्त्री नियुक्त भएको दुई महिना पुगिसकेको छ। तर मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउँछ यकिन छैन।
सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्ष दल नकपा एमालले भन्ने सरकार निकमा भएकै कारण प्रदेश सभा बैठक बस्न नसकेको जनाएको छ । जनताको म्यान्डेड लिएर आएका जनप्रतिनिधिले नियमित प्रदेश सभा बैठक बस्न नसक्दा कानुन, विधी निर्माण र जनताका मुद्धा उठाउँने कुरा बाट बञ्तिच हुनु परेको गुनासो प्रदेश सांसदको छ ।
सरकार बनाउन र ढाल्नका लागी मात्रै दोश्रो कार्यकालको प्रदेशसभा बैठक ८ पटक बसेको छ । त्यस बाहेक जनताका मुद्धा सम्बोधन हुने किसिमका कुनै बिधेयक प्रदेशसभामा पेस हुन सकेका छैनन् भने प्रदेश सरकारको औचित्य माथी नै अहिले नागरिकले प्रश्न गर्ने थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्