
सिन्धुली । सिन्धुलीका विभिन्न क्षेत्रमा बसोबास गर्ने तामाङग र किराती समुदायहरुले वैशाखे पूर्णिमा र उभौली पर्व मनाएका छन् ।
सिन्धुलीका तामाङ समुदायले शुक्रबार वैशाखेका अवसरमा जिल्लाका विभिन्न गुम्वा तथा वौद्ध स्तुपहरुमा सामुहिक रुपमा पूजा अर्चना गरेर भगवान बुद्धप्रति सद्भाव व्यक्त गरेका हुन् । सोही अवसरमा सिन्धुलीमाडीमा रहेकाे उर्गेन छोईलिङ गुम्बाको आयोजनामा शान्ति र्याली झाँकीहरुको समेत प्रदर्शन गरिएको थियो ।
यसैबीच किरात समुदायले मनाउने उभौली पर्व सिन्धुलीमाडीमा सुनुवार लगायतका किरात समुदायले सामूहिक रुपमा मनाएका छन् । प्रकृति तथा भूमि पुजेर मनाइने यस पर्व सिन्धुलीमाडीमा किरात समुदायले प्रकृति र भूमि पूजा गरेर मनाएका हुन् ।
सुनुवार लगायतका किरात समुदायले साँस्कृतिक पहिचान झल्कने नृत्य तथा बाजागाजासहित झाँकी समेत प्रदर्शन गरेर मनाएका थिए । सिन्धुलीका विभिन्न स्थानमा छरिएर रहेका सुनुवारहरु आफ्नो जातीय पर्व उभौलीमा सुनुवार लोक संस्कृति देखाउदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्