
सिन्धुली । सिन्धुलीमा नेपाली सेनाले ११ जिल्लाका संचारकर्मीहरुका लागि अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ ।
नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वाटर अन्तर्गत श्री नं ९ बाहिनी अड्डा सिन्धुलीको आयोजनामा याे कार्यक्रम संचालन भएकाे हाे । यहि वैशाख २५ गतेबाट संचालन भएर वैशाख २८ गते सिन्धुलीको ऐतिहासिक सिन्धुलीगढीमा रहेको सेनाको युद्धकला संग्राहलयको अवलोकन भ्रमण गराई महोत्तरीकाे बर्दिबासमा रहेकाे मध्यपूर्वी पृतना हेडक्वाटरमा अभिमुखीकरण कार्यक्रम समापन हुने भएकाे छ ।
सोही कार्यक्रममा मधेश प्रदेशका सबै जिल्लाहरु र बागमती प्रदेशका सिन्धुली, रामेछाप र दोलखा जिल्लाका कुल २० जना अगुवा संचारकर्मीहरुको सहभगिता भएका छन् । अभिमुखीकरण कार्यक्रमका अवसरमा सेनाको संरचना, कार्य, रक्षा मन्त्रालयको काम कर्तव्य र सेनाको शान्ति स्थापनाको योजना लगायतका बारेमा संचारकर्मीहरुलाई जानकारी गराइएको छ ।
वैशाख २५ गते सेनाको श्री नं बाहिनी अड्डा सिन्धुलीमा आयोजित एक समारोहकाबीच सैनिक प्रवक्ता कृष्ण प्रसाद भण्डारीले कार्यक्रमकाे उद्घाटन गर्नुभएकाे थियाे । कार्यक्रममा रक्षा मन्त्रालयका उपसचिव रामेश्वर पोखरेल, जनसम्पर्क तथा सूचना निर्देशनालयका तर्फबाट ऋषभ कार्की लगायतले प्रशिक्षण मुलक जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्