२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सर्लाहीमा एक जना भारतीय युवककाे हत्या


676
Shares

सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका-१ मा एक भारतीय युवकको हत्या भएकाे छ ।

हरिपूर्वा र सङ्ग्रामपुरमोबीचमा पर्ने हरिपूर्वा नगरपालिका-१ पथरा पुलस्थित मसला (भिस) घारीमा युवकको हत्या भएकाे हाे । भारतको सीतामढाी सोनवर्षाका-९ मा बस्ने २८ वर्षीय शेखर सुमन उर्फको टाउको छिनाएर हत्या भएको अवस्थामा शव फेला परेको हो । बुधबार साँझ ५ बजेतिर विभत्स ढंगले हत्या भएको अवस्थामा शव फेला परेको हाे ।

प्रत्यक्षदर्शीका अनुसार शरीर र टाउको छुट्टा-छुट्टै बनाएकाे अवस्थामा शव फेला परेको हो । घटनास्थलको आवश्यक अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले मृतकको शव रातभर घटनास्थलमै राखेकाे थियाे । सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) कैलाश राईले बिहीबार बिहानैबाट घटनास्थलको थप अनुसन्धान भइरहेको जानकारी दिनुभयाे ।

मृतकको शव घटनास्थलको प्रकृति मुचुल्का गरी सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पताल लैजाने प्रहरीले जनाएको छ । भारतीय युवकको विभत्स ढंगले हत्या भएपछि स्थानीय त्रसित भएका छन् ।

घटनास्थलमा कुनै हतियार फेला परेको छैन् । यस घटनामा संलग्न कोही व्यक्तिको समेत पहिचान भएको छैन् । हरिपूर्वा नगरपालिका–१ का वडाध्यक्ष श्यामबाबु रायले रातभर मृतकको शव रूघेर बसेको प्रहरीले बिहानबाट थप अनुसन्धान थालेको बताउनुभयाे ।