१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुलीमा नि:शुल्क आँखा शिविर सम्पन्न


78
Shares

सिन्धुली । सिन्धुलीमा नेपाल रेडक्रस सोसाईटीले संचालन गरेकाे नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।

सोही शिविरमा ४७ जना मोतियाबिन्दु भएका बिरामीहरुको सफल सल्यक्रिया गरिएकाे हाे । शिविरमा सिन्धुलीलेका मोतियाबिन्दुका बिरामीहरुको २ दिनसम्म नि:शुल्क सल्यक्रिया गरिएको रेडक्रसका जिल्ला शाखा सभापति असोक श्रेष्ठले जानकारी दिनुभयो ।

जानकी आँखा अस्पतालका डाक्टर आशिष बोहोराको टिमले मोतियाबिन्दुको सफल सल्यक्रिया गर्नुभएको हो । जिल्लाको कमलामाई नगरपालिकाका ४१ जना, हरिहरपुरगढी गाउँपालिकाका २ जना, तिनपाटन गाउँपालिकाका २ र मरिण गाउँपालिकाका २ जना गरी जम्मा ४७ जनाको सल्यक्रिया गरिएको छ ।

सल्यक्रिया गराउनेमा न्यूनतम ४५ वर्षदेखि अधिकतम ९८ वर्ष उमेर समूहका रहेका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीले गत चैत्र २५ गते मोतियाबिन्दु भएका ७६ जनाको नि:शुल्क शल्यक्रिया गरेको थियो ।

नेपाल रेडक्रस सिन्धुलीले जिल्लाकाे ९ वटै पालिकाको समन्वयमा बिरामीकाे आँखाको परीक्षण गरिएकाे थियाे । उक्त परिक्षणमाबाट मोतियाबिन्दुको बिरामीहरुको छनोट गरी नि:शुल्क सल्यक्रिया गरिने जनाएको छ । सफल सल्यक्रिया भएका बिरामीहरुलाई नि:शुल्क रूपमा चस्मा वितरण समेत गरिएको छ ।