
काठमाडौं । नेपालमा रहेका अधिकांश विमानस्थल प्रयोगमा नहुँदा घाँसे मैदानमा परिणत हुन थालेका छन् । आवश्यक भन्दा बढी विमानस्थल भएपनि सरकार भने नयाँ स्थानमा थप गर्ने होडमा लागेको छ । अझ आश्चर्य त के छ भने महत्वाकांक्षी शैलीमा बनाइएका दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगविहीन बनेको अवस्थामा बारामा अर्को अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नेताहरुमा हुटहुटी देखिन्छ ।
नेपालमा हाल भएका ५३ विमानस्थलमध्ये ३४ वटा सञ्चालनमा छन् भने बाँकी चरणमा परिणत भएका छन् । उडान नै नभए पनि समय–समयमा विमानस्थलको धावनमार्ग कालोपत्र र अन्य ममर्तसंहार गर्ने गर्दा सरकारलाई भने खर्चको भार हुँदै आएको छ । सञ्चालनमा आएका कतिपय विमानस्थलले न्यून उडान भर्ने गरेका छन् ।
सञ्चालनमा आएका पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतमबुद्ध क्षेत्रीय अन्तराष्ट्रिय विमास्थलले आन्तरिक उडान गरेपनि अन्तर्राष्ट्रिय उडान खासै गर्न सकेका छैनन् । मनाङमा १२ वर्षअघि दश करोड रूपैयाँ लागतमा निमार्ण भएको विमानस्थलमा उडान नभएको वर्षौ भयो । त्यसैगरी, रोल्पा विमानस्थल, स्याङ्बोचे विमानस्थल, टीकापुर विमानस्थल, इलाम विमानस्थल, खिजी चण्डेश्वरी विमानस्थल, कालीकोट विमानस्थल र कमल बजारलगायत विमानस्थल पनि सञ्चालन नहुँदा गौचरणमा परिणत भएका छन् ।
भएका विमानस्थल प्रयोगविहीन भइरहँदा सरकार भने नयाँ स्थानमा थप विमानस्थल निर्माण गर्ने होडमा लागेको छ । विमानस्थल थप गर्न लागिएका कतिपय जिल्ला हरुमा भएकै विमानस्थल प्रयोगमा छैनन् । उपल्लो डोल्पामा रहेको मसिनेचौर विमानस्थल प्रयोगविहीन छ । कति विमानस्थलमा सडक सञ्जाल जोडीएपछि यात्रुको अभावमा उडान नहुदाप्रयोगविहीन छन् ।
सडक सञ्जाल जोडिएका जिल्लाहरुमा पनि राजनीतिक दवावमा विमानस्थल निमार्ण गरेको पाईन्छ । सडक सञ्जालले जोडेका ठाउँमा पनि विमानस्थल बनाउनका लागि शक्तिशाली नेताको दबाबमा बजेट छुट्याउने होड छ । चालु आर्थिक वर्षमा करिब एक दर्जन विमानस्थल निमाणाधिन रहेका छन् ।
अन्तर्राष्ट्रियतर्फ निजगढ बनाउने या नबनाउने अन्योलको अवस्था छ । त्यस्तै, वायुसेवा कम्पनीसँग भएका विमानस्थलमा उडाउनका लागि पर्याप्त जहाज छैनन् । उडान गर्दा खर्च उठाउन गाह्रो हुने हुँदा निजी वायुसेवा दुर्गममा उडान नगर्ने पाईन्छ ।
यता, वायुसेवा नियमसँग स्टोल उड्न सक्ने जहाज विमानस्थलमै थन्किएका छन् । विमानस्थल सञ्चालनमा भए पनि, नभए पनि हरेक पाँच या दश वर्षमा अनिवार्य मर्मतसंहार गर्नुपर्ने हुँदा प्रयोविहीन स्थानमा पनि खर्च हुन्छ । बिना अध्ययन विमानस्थल निर्माण गर्ने तथा राजनीतिक दवावमा अनावश्यक स्थानमा विमानस्थल निर्माण गर्ने होडले गर्दा राज्यको ढुकुटी सकिने र जनतालाई पनि सास्ती हुने हुँदा यस्ता योजना निमार्ण गर्दा ध्यान दिन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्