
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणबारे उजुरी परेपछि प्रहरीले आरोपिलाई धमाधम पक्राउ गरी अनुसन्धान प्रक्रियाअघि बढाएको हो । १६ जनाविरुद्धको अनुसन्धान प्रतिबेदनमा प्रहरीले यो प्रकरणमा कुन व्यक्ति कुन मितिमा पक्राउ परे भन्ने उल्लेख गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगिएका व्यक्तिहरुको उजरीको आधारमा सुरुमा चैत १२ गते ललितपुर घर भएका सानु भण्डारी र मोरङ पथरी शनिश्चरे घर भएका केशवप्रसाद दुलाल लगायत ललितपुरमा बस्दै आएका टंककुमार गुरुङसहित ३ जना पक्राउ । यसको तीन दिनपछि अर्थात बैशाख १५ गते मोरङ पथरी घर भएका सागर राईलाई प्रहरीले पक्राउ ग¥यो ।
बैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ परे । राई पक्राउ परेको भोलिपल्ट बैशाख २० गते प्रहरीले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले आत्म समर्पण गरे । सोही दिन बैशाख २० गते टोपबहादुरका छोरा सन्दीपलाई पनि प्रहरीले पक्राउ ग¥यो । चैत्र २९ गते दाङ घर भएका सन्देश शर्मा पक्राउ पर्दा वैशाख २६ गते काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परे ।
यो श्रृङ्खला यतिकैमा रोकिएन । वैशाख २७ गते पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणसंगै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका थिए । पक्राउ पुर्जी जारी भएको ११ दिनपछि फरार रहेका टोपबहादुर रायमाझी बैशाख ३१ गते प्रहरीले नियन्त्रणमा ल्यायो । जेठ १ गते कांग्रेसका पूर्वसभासद आङटावा शेर्पाले आत्मसमर्पण गरेको तीन दिनपछि जेठ ४ गते भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र सोही दिन हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ परे ।
अहिले यस प्रकरणमा १६ जना हिरासतमा छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार सूचीमा रहेका इन्द्रजित राईका छोरा नीरज, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा सहित १७ भने फरार छन् ।
प्रतिक्रिया दिनुहोस्