१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्यूठानमा बाँसबाट निर्मित सामानले बजार पायाे


130
Shares

प्यूठान । प्यूठानमा बाँसबाट निर्मित सामानले बजार पाउन थालेको छ । बजारको बढ्दो व्यवस्थापनसँगै यहाँका युवाहरुको पनि सिप सिक्ने र बाँस उद्योग खोल्न तम्सिएका छन् ।

यो दृश्य झिमरुक गाउँपालिका ५ ओखरकोटको हो । यहाँ दैनिक यसरी बाँसको चोया र चित्रोबाट निर्माण हुने समाग्री बनाउने सीप सिकिरहेका भेटिन्छन् । यहाँका महिला तथा पुरुषहरु दिन भरी सिप सिक्न ब्यस्त छन् ।

बिहानै घरायसी काम सकेर गाउँकै एउटा सामुदायिक भवनमा पुगेर बाँसका सामाग्री बनाउन तल्लीन देखिन्छन् । सिप सिकेपछि बाँसबाट निर्माण हुने बिभिन्न सामाग्री बनाउन र उद्योग खोल्ने लक्ष्य रहेको स्थानीय सर्मिला थापा बताउनुहुन्छ ।

ओखरकोटमा डेढ महिनादेखी चोया र चित्रको सामाग्री बनाउने सिपमुलक तालिम चलिरहेको छ । गाउँमै उद्योग स्थापना गर्ने गरि गाउँका महिला पुरुष यसमा जोडिएका छन् । रोजगारीको खोजी गर्दै विदेशिनु परेको बेला गाउँमै आयआर्जन र स्वरोजगार हुने माध्यम बनेपछि स्थानीय निकै उत्साहित छन् ।

स्थानीय स्तरमा खेरा गइरहेको स्रोत बाँसको प्रयोग गरी बिभिन्न हस्तकलाका सामाग्री मुडा, डोका, डाला, मान्द्रा, कुर्सी, खाट, ¥याक लगायतका बिभिन्न प्रकारका कलात्मक सामाग्री बनाउन सकिन्छ । गाउँमै सानो लगानीबाट समेत व्यवसाय गरेर राम्रो आम्दानी लिन सक्ने सम्भावना रहेको प्रशिक्षक तुकमान राई बताउनुहुन्छ ।

गाउँमा प्रशस्तमात्रामा पाइने स्रोत र साधनको प्रयोग गरी स्थानीय स्तरमा रोजगारी सृजना गर्ने उदेश्यले उद्योग स्थापना थालिएको उद्योगका अध्यक्ष प्रदिप जीसी बताउनुहुन्छ । उद्योग स्थापनाका लागी प्रदेश सरकारले साथ दिएको छ । त्यसो त यहाँ उत्पादिन बस्तुहरु तराईका जिल्ला, काठमाडौ र भारतसम्म पुग्ने गरेकाले बजारको अभाव नभएको उनीहरुको भनाई छ ।

कोरोना महामारी पछि रोजगारी गुमाएका तथा रोजगारीका लागी दैनिक हजारौै युवाहरु भारत तथा अन्य मुलकु पुगिरहेका बेला युवालाई स्वदेशमा रोक्न यस्ता उद्योगले सहयोग पुग्ने छ ।