१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्थानीय गोलभेँडाले पाएन बजार, बारीमै कुहियो


689
Shares

काठमाडौं । माटोमा सिर्जना गरेर माटैबाट जीवन खोज्ने किसानका सपना कसरी माटोमै मिल्छ भन्ने उदाहरण नेपालका किसानसँग मेल खाएको छ । अर्काको खेत भाडामा लिएर कृषि उत्पादन गरी घरको खोलेफाँडो जुटाउन तरकारी खेती गरेका किसान उत्पादनले बजार नपाएपछि भोक न, निद्राको अवस्थामा पुगेका छन् ।

भक्तपुर नगरपालिकाको चाँगुनारायणको हनुमानटारका किसान गोलभेँडा टिपेर क्रेटका क्रेट बारीमै राखेका छन् । तर, बजार नपाउँदा कृषकको उत्पादन बारीमै कुहिएर जाने अवस्था छ । ऋण लिएर खेती गरेका उनीहरुको उत्पादन उपभोक्ताको हातमा नपुग्ने भएपछि आफ्नो उठीबास हुने त्रासमा भएको टीकाराम बोहोरा बताउनुहुन्छ ।

एकातिर किसानको उत्पादन बारीमै खेर गइरहँदा दैनिक २१ सय किलोको दरले भारतीय उत्पादन भित्रिएको विडम्बनाले भने उनीहरुलाई थप चिन्तित बनाएको छ ।

देशकै सर्वाधिक जनसंख्या रहेको काठमाडौं उपत्यकाभित्रका किसान वर्षभरिको मेहनत त्यसै खेरगएपछि न्याय माग्न कहाँ जाने भनेर अलमलमा छन् । मर्नुभन्दा बहुलाउनु निको भन्ने अवस्थामा पुगेर आफूहरु आफ्नो सन्तान झैं हुर्काएको बाली सडकमा मिल्काउन बाध्य भएको उनीहरुको दुखेसो छ । यस्तो अवस्थामा अब खेती गर्ने नगर्ने द्विविधामा रहेको किसना बताउछन् ।