१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चिया र छुर्पी नेपालबाट उल्लेख्य निर्यात


975
Shares

काठमाडौं । बाह्य मुलुकसँग निर्यात व्यापार र आयातमा कमी देशको अर्थतन्त्र उकास्ने कडीका रुपमा लिइन्छ । निर्यातमा जोड दिन उत्पादनमा वृद्धि, गुणस्तरीय उत्पादन लगायत वस्तु तथा सेवाको बजार विविधीकरण अत्यावश्यक छ । तर व्यापार घाटा न्युनीकरणको लागि सरकारले केही समयका लागि आयातमा गरिएको कडाईलाई सहज गरेसगै आयात व्यापार पछिल्ला महिना भने बढ्न थालेको छ । आयात बढ्दा भन्सारमा आधारित राजस्वमा पनि सुधार आउन थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना १४ खर्ब ८० अर्ब ९८ करोड रुपियाँको वस्तु आयात भएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही महिनासम्मको तुलनामा आयात १६ प्रतिशतले कमी आएको छ । जेठमा मात्रै नेपालले १ खर्ब ४५ अर्ब रुपियाँ बराबरको वस्तु आयात गरेको छ । जेठसम्म सरकारले आयात बापत ३ खर्ब ४४ अर्ब रुपियाँ भन्सार राजस्व संकलन गरेको छ । भन्सार विभागका अनुसार जेठसम्म नेपालले १ खर्ब ४३ अर्ब रुपियाँको वस्तु आयात गरेको छ र यो गत जेठको सोही अवधिको तुलनामा २२ दशमलव ७४ प्रतिशतले कम हो ।

पछिल्लो महिना आयात र निर्यात दुवै घट्दा मुलुकको व्यापार घाटामा पनि त्रमिक सुधार हुँदै आएको हो । जेठसम्म नेपालको व्यापार घाटा १५.२१ प्रतिशतले कम भएर १३ खर्ब ३७ अर्ब पुगेको छ । गत आबको जेठसम्म नेपालको व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३८ करोड रुपियाँ थियो । यो अवधिमा भारतबाट सबैभन्दा धेरै नौ खर्ब ३७ अर्ब ८३ करोड बराबरको वस्तु आयात गर्दा ९८ अर्ब ९७ करोड रुपियाँ बराबरको वस्तु भारततर्फ निर्यात भएको छ ।

चीनबाट २ खर्ब २ अर्ब रुपैया बराबरको वस्तु आयात गर्दा एक अर्ब ५२ करोड बराबरको मात्र निर्यात गरेको छ । चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा झण्डै ४ हजार वटा विद्युतीय गाडीको आयात भएको छ । जेठसम्म सबैभन्दा धेरै डिजेलमा एक खर्ब ३७ अर्ब ६० करोड, ६१ अर्ब ३८ करोड रुपैया बराबरको पेट्रोल, ५४ अर्ब ३२ करोड रुपैया बराबरको एलपीजी ग्यासमा खर्च भएको छ । कच्चा पाम तेल २१ अर्ब ६४ करोडको आयात भएको छ भने यस अवधिमा करिब साढे १९ अर्बको पाम तेल निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

यो तथ्यांकलाई हेर्दा आयातले विदेशी मुद्रा सञ्चित त घटाएको त छ नै कृषिप्रधान देशमा माछा मासु, तरकारी जन्य कृषि सामाग्री आयात गर्दा नयाँ पुस्तालाई कृषिमा आकर्षण गर्न नसक्नु र खेतीयोग्य भूमिको विनास भइरहेकोतर्फ पनि ध्यान दिन जरुरी रहेको छ । अर्कोतर्फ नेपाली छुर्पी र चियाले अन्तर्राष्ट्रिय व्यापारमा पाएको ख्यातीलाई अझै विविधिकरण गर्दै लैजानु आवश्यक छ ।