१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सदर चिडियाखानामा ‘ट्रयाक्सीडर्मी’ कला प्रदर्शन


598
Shares

काठमाडौं । सदर चिडियाखानामा जीवित वन्यजन्तु र पशुपन्छीमा मात्र होइन, मरेका वन्यजन्तु पशुपन्छीको पनि ट्रयाक्सीडर्मी कलामार्फत जीवन्त अवलोकन गर्न सकिने भएको छ । जीव विज्ञान अध्ययनको लागि पनि महत्वपूर्ण भएकोले चिडियाखानामा वन्यजन्तु अखेटो पहार प्रदर्शनी केन्द्र सबैको आकर्षणको केन्द्र भएको छ । जीवित बन्यजन्तुसँगै अब ट्याक्सीडर्मीको स्वाद पनि चिडियाखाना प्राप्त हुने भएको हो ।

चिडियाखानाका पशुपन्छी मरेपछि तिनलाई ट्रयाक्सीडर्मी कलामार्फत जीवन्त तुल्याइएको छ । ट्रयाक्सीडर्मी भनेको माउन्ट वा स्टफिंगमार्फत जनावरको शरीरलाई संरक्षण गर्ने कला हो । जसलाई जीवन्त र प्राकृतिक जस्तो अवस्थामा देखाइएको हुन्छ ।

चिडियाखानामा वन्यजन्तु अखेटो पहार प्रदर्शनी केन्द्र रहेको छ । जसमा चिडियाखानामा विभिन्न कारणले मरेका एक दर्जन विभिन्न वन्यजन्तु र पशुपन्छीलाई ट्रयाक्सीडर्मी कलामार्फत प्रदर्शनका लागि राखिएको छ ।

जसमा महिना दिन अघि मात्र मरेका मलेशियन सिमागं, चितुवा, पेलीकन, सेतो गरुड, लिंक्च, मयुर, सालक, कछुवा र गोही लगायतका छन् । जुन जीव विज्ञान अध्ययनको लागि महत्वपूर्ण रहेको छ । चिडियाखानाका सूचना अधिकारी गणेश कोइराला जीव विज्ञान अध्ययनको लागि ट्रयाक्सीडर्मी कला महत्वपूर्ण बताउनुहुन्छ । ठाउँको अभावमा सीमित मात्रामा भए पनि वन्यजन्तु अखेटो पहार प्रदर्शनी गरिएको भविष्यमा यसलाई व्यापक बनाउनुपर्ने कोइराला बताउनुहुन्छ ।

जीव विज्ञानको वैज्ञानिक अध्ययन अनुसन्धानको लागि पनि ट्रयाक्सीडर्मी कलालाई प्रोत्साहन र ट्याक्सीडर्मी कलाकारलाई निर्माणको मूलधारमा ल्याउन आवश्यक छ ।