२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


स्याङजामा केराको थामबाट हस्तकलाका सामग्री


650
Shares

स्याङजा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले खेर गइरहेको केराको थामबाट धागो उत्पादन गर्ने काम थालेको छ । केराको थाम पेलेर धागो बनाउने र त्यसबाट विभिन्न सामग्रीहरु बनाउन सकिने भएपछि गाउँपालिकाले एक घर एक स्वरोजगार बनाउने भन्दै सिप बिकास तालिम दिन थालेको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराबाट विभिन्न सामग्री बनाउन सकिने भन्दै महिलाहरुलाई सीपमुलक तालिम दिन थालेको छ । गाउँपालिकाले फरक ढंगवाट तालिम र प्रशिक्षण दिन थालेपछि महिलाहरुले केराको थामबाट धागो निकालेर बिभिन्न घरायसी समान बनाउन थालेका छन् । गण्डकी प्रदेशको साझेदारीमा पालिकाले मेसीनको प्रयोग बिनानै हस्तकला सामग्री बनाउने सीप विकास तालिम दिन थालेपछि स्थानीय खुशी भएका स्थानीय गणेशप्रसाद पाण्डेले बताउनुभयो ।

स्थानीय स्तरमा पाइने प्रयोग विहीन रहेका विभिन्न जातका केराको थामलाई प्रयोग गरी विभिन्न सामग्रीहरु बनाउने तालिमले स्थानियलाई रोजगारी समेत हुने देखिन्छ । बिना लगानी घरमै बसेर खेर जाने समयको सदुपयोग हुनुको साथै फालिएको केराको थामबाट पनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने विश्वास भएको स्थानीय महिलाहरु दुर्गा न्यौपानेको भनाई छ ।

खेर गइरहेको जमीनलाई प्रयोगमा ल्याउने अभियानका साथै उत्पादन भएको केराको थामबाट मुडा, चप्पल, चकटी, तान बुनेर गलैचा, पातबाट दुना टपरी तथा धागो समेत निमाणर्ले गर्दा आएआर्जनमा समेत टेवा पुगेको देखिन्छ । ११ स्थानीय तह रहेको यो जिल्लामा कालीगण्डकी गाउँपालिकाले नमुना किसिमको कार्यक्रम सुरु गरेको छ । केराको थामबाट धागो उत्पादन गरी कपडा बनाउन मेसिन उपकरणहरु समेत ल्याइएको र ग्रामीण पर्यटन विकासका लागि अभ्यास गरिएको गाउँपालिनकाका कृषि शाखा प्रमुख अनुप पौडेल बताउनुहुन्छ ।

उद्यम विकासका लागि गाउँपालिकाले २० हजार केराको बिरुवा वितरण गरिसकेको छ । यस्ता स्वरोजगारमुखी कार्यक्रम तथा सीपमुलक तालिमले स्थानीय सरकार जनताको घर घरमा पुगेको आभाष दिलाएको मात्र छैन, परिवर्तन र विकासमा समेत टेवा पुर्‍याएको देखिन्छ ।