१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ढल निर्माण हुन थालेपछि भोजपुरबासी वर्षोको समस्याबाट मुक्त


1.001k
Shares

भोजपुर । भोजपुरबासीले वर्षोदेखि भोग्दै आएको ढलको समस्याबाट मुक्ति पाउने भएका छन् ।

ढलको दुर्गन्धले बजार कुरुप त थियो नै वातावरण दुर्गन्धित हुँदा झाडापखाला, आउँ, हैजालगायतका रोगहरुको प्रकोपले समस्या झेलेका बजारबासी खुशी देखिन्छन् । भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले नेतृत्वको टिमको तदारुकताले ढल निमार्णको काम अगाडि बढेको हो ।

भोजपुर सदरमुकामवासीहरुले भोग्दै आएको ढलको समस्या दिर्घकालीन रुपमै समाधान हुने भएको छ । बर्खायामको बाढी, वर्षा तथा विभिन्न असहजताका बाबजुद पनि हाल निमार्ण कार्य अन्तर्गत ढलानको काम जारी रहेको छ ।

शहरी खानेपानी तथा सरसफाइ आयोजना ४४ करोड र भोजपुर नगरपालिकाको १५ प्रतिशत अर्थात ७ करोड २५ लाख रुपैयाँ गरि ५१ करोडको लागतमा व्यवस्थित ढल निकासको काम धमाधम भइरहेको हो ।

पछिल्लो समयमा नगरपालिकाले नगरवासीका लागि गर्दै आएको काममा स्थानीयले पनि सहयोग गर्दे आएका छन् । अहिले ढल व्यवस्थापनको काम दु्रत गतिमा हुँदा ढलको समस्याबाट मुक्ति मिल्ने भएपछि उनीहरु खुशी देखिन्छन् ।

ढलसगैँ निमार्ण भएको सडक पनि मजबुत भएकाले सदरमुकामका उद्योगी, व्यापारीहरु पनि खुशी नै देखिन्छन् । लामो समयदेखि पर्यटकीय र पुरानो शहर भोजपुरबासीले ढलको समस्या भोग्दै आएपनि कतै सुनुवाई नहुँदा निराश भएका थिए । वर्षोेदेखिको समस्या सामाधान भएको स्थानीय दिपेन्द्र श्रेष्ठको भनाइ छ ।

वर्षा लागेपनि निमार्ण कम्पनीले अहिले पाइपलाइन, प्लान्टेशन, एभिआर, सडक संरचनासगैँ सदरमुकाम क्षेत्रमा ढलान कार्यलाई तिव्रता दिइरहेको छ । २ वर्षमा निमार्ण सम्पन्न गर्ने लक्ष्यसगैँ अर्को २ वर्ष अपरेशन समय पाएको निमार्ण कम्पनीले जतिसक्दो निर्धारित समयमै काम सम्पन्न गर्ने योजना बनाएको ठेक्का परामर्श कम्पनीका सव इन्जिनियर सुवास चौधरीले बताउनुभयो ।

हरेक ठाउँमा आ(आफनै समस्या हुन्छन । ती समस्याहरुलाई निराकरण गर्न सबैको दायित्व हो । जनप्रतिनिधि आएपछि गाउँमा खानेपानी, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा परिवर्तन भएका छन् भने स्थानीयहरुको माग तथा आवश्यकतालाई आफै लागि परेर समाधान भएको समेत देख्न सकिन्छ ।

भोजपुर नगरपालिकामा विकासलाई हेर्ने हो भने बृहत तिन भंगाले खानेपानी आयोजनासगैँ ढल आयोजनालाई पनि हेर्न सकिन्छ