१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्थानीय उद्योगमानै आलु खपत हुन थालेपछि हुप्सेकोटका कृषक आलु खेतीतर्फ उत्साहित


2.223k
Shares

नवलपुर । स्थानीय उद्योगमा आलु सजिलै खपत हुन थालेपछि नवलपुर हुप्सेकोटका कृषक आलु खेतीतर्फ उत्साहित भएका छन् ।

देवचुली नगरपालिका– २ मा रहेको चौधरी उद्योगले कृषकको आलु खेतमै गएर खरिद गरि दिएपछि उनीहरुले आलु खेती गर्न प्रोत्साहन भएका हुन् ।

नवलपुरको देवचुली नगरपालिका– २ स्थित चौधरी उद्योगले हुप्सेकोटका कृषकको आलु खेतमै गएर खरिद गरिदिए पछि उनीहरु आलु खेतीतर्फ उत्साहित बनेका छन् । गाउँमा समुह गठन गरि प्रत्येक समुहमा उद्योगले बिउ प्रदान गर्ने र गाँउपालिकाको अनुदानमा उक्त बिउ कृषकले लगाउने गरेका छन् ।

कृषकले उत्पादन गरेको आलु चौधरी उद्योगले चिप्स बनाउन खरिद गर्ने गरेको छ । उद्योगबाट आउने आलुको बिउ र कृषकले उत्पादन गरको आलु बिक्री गर्ने आर्थिक व्यवस्थापनका लागि पाँचवटा समुहहरु गठन गरिएको छ । प्रत्येक समुहमा एकजना अध्यक्ष तोकिएको छ र अध्यक्षको मातहतमा उद्योगले कृषकबाट गरिद गरेको आलुको रकम प्रदान गर्ने गरेको छ ।

अन्य समयमा धान, तोरी लगायतका बालीहरु लगाउने गरेका कृषकले आलुको सिजनमा भने आलु लगाउने गरेका छन् । हुप्सेकोटमा अहिले एक हजार ५ सय टनभन्दा बढी आलु उत्पादन भएको छ । यसअघि हुप्सेकोटका कृषकले लगाएको आलु कुहिने र बजार भाउ समेत नपाउने समस्या थियो । तर अब स्थानीय उद्योगमा नै आलु खपत हुन थालेपछि उनीहरु उत्साहित भएको बताउँछन् ।

पहिले आलु उत्पादन हुने तर उत्पादन भएको आलुले बजार पाउन मुस्कील थियो । अहिले स्थानीय उद्योगले नै बिउ प्रदान गर्ने र खेतमै आलु खरिद गर्ने हुँदा समस्या नभएको किसान समुहका अध्यक्ष कृष्ण पाण्डेले बताउनुभयो ।

भारतबाट भन्दा यही उत्पादन हुने आलुकोे स्वादिलो चिप्सहरु उत्पादन गर्न सकिने हुँदा स्थानीय कृषककै आलु चौधरी उद्योगले खरिद गर्ने गरेको हो । यसले कृषक र उद्योग दुबैलाई सहज भएको छ ।