
भोजपृुर । सूचना प्रविधि र इन्टरनेटको प्रयोगले विश्वलाई साँघुरो बनाउँदै लगेको छ । यसै सन्दर्भमा प्रविधिमैत्री शिक्षण सिकाईका लागि ईश्वर मन्दिरले पूर्वी पहाडी जिल्ला भोजपुरमा गरेको सहयोग उदाहरणीय बनेको छ ।
पुर्वी पहाडी जिल्ला भोजपुरमा प्रविधियुक्त पठनपाठनका लागि ईश्वर मन्दिर संस्था कोशेढुङगा भएको छ । सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले विगत ८ वर्षदेखि जिल्लाका डेढ दर्जन विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गरेको संस्थाले यसपटक ६ दशक पुरानो जिल्लाको ऐतिहासिक महाविद्यालय भोजपुर बहुमुखी क्याम्पसलाई प्रविधिमैत्री बनाएको छ ।

पहिलो महिला राष्ट्राध्यक्ष विद्यादेवी भण्डारीले समेत पढेको यो क्याम्पस पूर्वकै ख्यातीप्राप्त शैक्षिक तीर्थ मानिन्छ । क्याम्पसका पूर्व विद्यार्थी शंकरप्रसाद कोइराला नेतृत्वको संस्थाले केन्द्र स्थापना गरेको हो । यो अभियानलाई राष्ट्रिय वाणिज्य बैंक र साल्ट ट्रेडिङ कर्पोरेसनले सघाएका छन् । ई लर्निङ सञ्चालनले पुस्तकमा नभएका अथाह ज्ञान प्राप्त गर्न मद्दत पुगेको विद्यार्थीहरुको भनाइ छ ।
सूचना प्रविधिको सहज पहुँच पढ्ने मात्र नभई पढाउनेका लागि पनि वरदान सावित भएको प्राध्यापकहरू बताउछन् ।
क्याम्पस प्रशासन प्रविधिमैत्री वातावरणले विद्यार्थीको सिकाइलाई समयसापेक्ष र प्रभावकारी बनाएको क्याम्पस प्रमुख भुलानाथ राई बताउँछ ।

शिक्षक तथा पाठ्यपुस्तकको अभाव रहने दुर्गम ठाउँका विद्यार्थीले ई–मैत्री पठनपाठन औधी रुचाएका छन् । त्यसैले पनि सरकारी निकायले पठनपाठन प्रविधिमैत्री बनाउने तर्फ सोच्न जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्